ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा रू. ९५ करोड ५९ लाखभन्दा बढी 

२०७८ बैशाख, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९५ करोड ५९ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा ५९ दशमलव ८९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू.५९ करोड ७८ लाख नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी २० प्रतिशत र सञ्चालन नाफा ६७ प्रतिशतले वृद्धि भएको छ ।

चुक्तापूँजी रू. १ अर्ब ८३ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. २ अर्ब ९० करोड सञ्चित गरेको छ । 

चालू आवको तेस्रो त्रैमाससम्ममा  कम्पनीले रू. ६ अर्ब ३५ लाख सापटि लिएर, रू. २१ अर्ब ८२ करोड १७ लाख निक्षेप संकलन गरेर रू. २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानी गरेको छ । 

त्यसैगरी सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६९ दशमलव ६५, मूल्य आम्दानी अनुपात २५ दशमलव ५८,तरलता अनुपात २३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २५८ दशमलव ५२ रहेको छ । हालसम्ममा कम्पनीले ६७ ओटा जिल्लामा १७३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्