ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साढे ३ अर्बको कारोबार भएको बजारमा ३ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (२ बजेको अपडेट)

२०७८ बैशाख, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ६४ दशमलव ३१ अंकले बढेर २ हजार ५७० दशमलव ९३ विन्दुमा पुगेको छ । 

२ दशमलव ५७ प्रतिशतले बढेको बजारमा २१० ओटा कम्पनीको रू. ३ अर्ब ५६ करोड ३३ लाख ३१ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा विशाल बजार कम्पनी, महिला लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३९ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८१४ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५४१ मा रू. १४ करोड ५४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्