ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१२% बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको एक्सेल डेभलपमेण्टको खुद नाफा ३६.७९% बढ्यो

२०७८ बैशाख, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८ करोड ६० लाख खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ११ करोड ७७ लाख पुगेको छ । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा ३६ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले भर्खरै मात्र गत आवको मुनाफाबाट शेयरधनीलाई यस वर्ष १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

चुक्तापूँजी रू. ८१  कारोड ११ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २६ करोड ९४ लाख ८५ हजार, रिटेन्ड अर्निङमा रू. १९करोड ५७ लाख  र शेयर प्रिमियममा रू. ४८ लाख ९० हजार सञ्चित गरेको हो । 

नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ५७ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १९ दशमलव ३६ पुगेको हो । 

त्यसैगरी मूल्य आम्दानी अनुपात २९ दशमलव शून्य ९ गुणा, तरलता अनुपात २६ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ९६ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्