ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भरतपुर वितरण केन्द्रले गर्‍यो १ अर्ब १९ करोडभन्दा बढीको विद्युत् विक्री

२०७८ बैशाख, १४  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७७/०७८ को चैत महीनासम्ममा १ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको छ । 

कार्यालयले चालू आवको  नौ महीनामा १ अर्ब १९  करोड ४३  लाख ११ हजार ३०२ रुपैयाँ बराबरको विद्युत् विक्री गरेको हो । कार्यालयले विक्रीको अनुपातभन्दा बढी राजस्व यसअवधिमा संकलन गरेको छ ।

जसअनुसार चैत्र मसान्तसम्म कार्यालयले १ अर्ब १९ करोड ४९ लाख ९९ हजार ५५४ रुपैयांँ राजस्व संकलन गरेको छ  । कार्यालयका लेखा प्रमुख चिरञ्जीवी शर्माले विगतका वर्ष तथा अगाडिका महीनाको बक्यौता संकलन गरिएकोले विक्रीभन्दा बढी राजस्व असुल भएको बताए । 

कार्यालयले गत वर्ष नौ महीनाको अवधिमा  १२ करोड ८५ लाख ७२ हजार ६०३ युनिट विद्युत विक्री गरेको थियो । जसबाट  १ अर्ब ३७ करोड  लाख ८२ हजार ५२२ रुपैयाँ विद्युत् विक्री गरे मध्येबाट १ अर्ब ३१ करोड ३८ लाख १३ हजार ८५८ रुपैयाँ संकलन भएको हो । 

कार्यालयले विद्युत् महसुल, चुहावट कारबाही, बक्यौता रकम,  कालोपाटी रकम लगायतका शिर्षकबाट राजस्व संकलन गर्ने गरेको छ । 
चितवनको सबैभन्दा ग्राहक संख्या बढी क्षमता भएको उक्त वितरण केन्द्रमा आव ०७६/ ०७७ मा ५७ हजार ३३ जना ग्राहक संख्या थिए भने चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा यो संख्या बढेर ५९ हजार ४३० जना पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्