ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

२०७८ बैशाख, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम पहुँचसम्म पुर्‍याउनको लागि मंगलवार एनआईसी एशिया क्यापिटल र आइएमई पे बीच सम्झौता भएको छ ।

 सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे,  एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुने बताए ।

त्यस्तै आईएमई  पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्