ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३.६९ % बढ्यो नेप्से परिसूचक, जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको बढी आकर्षण

२०७८ बैशाख, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । यो साता दुई कारोबार दिन लगातार उच्च अंकले घटेको बजार तेस्रो दिन मंगलवार भने ३ दशमलव ६९ प्रतिशत बढेको छ ।

यसदिन ९२ दशमलव ४६ अंक बढेर नेप्से परिसूचक २ हजार ५९९ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतवार ७५ दशमलव ७९ अंक र सोमवार ६५ दशमलव ५८ अंक बजार घटेको हो ।

सोमवार २ हजार ५०६ दशमलव ६१ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ५०६ दशमलव ५२ विन्दुदेखि खुलेको हो । उता, सेन्सेटिभ इन्डेक्स पनि मंगलवार ३ दशमलव २० प्रतिशत बढेको छ । १४ दशमलव ४८ अंक बढेर सेन्सेटिभ इन्डेक्स ४६७ दशमलव २८ विन्दुमा पुगेको हो ।

मंगलवार नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने सोमवारको भन्दा कम भएको छ । सोमवार रू. ६ अर्ब ५९ करोड ९ लाख २८ हजार बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर कारोबार भएकामा मंगलवार रू. ५ अर्ब १० करोड ९० लाख ९६ हजार बराबरको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ६३ हजार ५५८ पटकको व्यापारमा भएको हो ।

मंगलवार सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार भएको छ भने शेयरमूल्य पनि यसै कम्पनीको सबैभन्दा बढी बृद्धि भएको छ । अपर तामाकोशी हइड्रोपावरको यसदिन रू. २३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो ।

यसदिन कम्पनीको शेयरमूल्य भने १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७७ ले बढेर अन्तिम मूल्य रू. ८४७ कायम भएको हो ।

अपर तामाकोशीसँगै यो दिन विशाल बजार कम्पनी , महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स, समीट लघुवित्त वित्तीय संस्था, मल्टिपर्पस फिनान्स , ग्लोबल आइएमई लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त र युनाइटेड ईदी मर्दी आरबिबि हाइड्रोपावरको शेयरमूल् ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचक बढ्दा जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६ दशमलव ४८ प्रतिशत बढेको हो । 

त्यस्तै यसदिन बैंकिङ्गको २ दशमलव ६ प्रतिशत, व्यापारिकको ५ दशमलव ५५ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव १९ प्रतिशत, विकास बैंकको ३ दशमलव ४४ प्रतिशत, वित्तको २ दशमलव ९१ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ४ दशमलव ४९ प्रतिशत, अन्यको ३ दशमलव ६५ प्रतिशत, लघुवित्तको ४ दशमलव ७७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ४१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ३४ प्रतिशत र लगानी समूहको ४ दशमलव ६५ प्रतिशत परिसूचक बढेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्