ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजार बढेसँगै ११ ओटा कम्पनीको शेयर मूल्यमा उच्च दरले वृद्धि

२०७८ बैशाख, १४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । मंगलवार बजार बढेसँगै ११ ओटा कम्पनीको शेयर मूल्यमा उच्च दरले वृद्धि भएको छ । 

एक साता घटेको बजार मंगलवार ९३ अंकले वृद्धि भएको हो । कारोबारमा आएको २१६ ओटा कम्पनीमध्ये ११ ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको हो ।

११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । यसदिन उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७७ पुगेको हो । 

त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत,महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६, युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ८९, समिट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ७५ प्रतिशत,मञ्जुश्री फाइनान्सको ९ दशमलव ६४ प्रतिशत,ग्लोबल आइएमई लघुवित्तको ९ दशमलव ५० प्रतिशतका दरले वृद्धि भएको छ ।

यसैगरी अरुण भ्याली हाइड्रोपावरको ९ दशमलव ३१ प्रतिशत,छ्याङदी हाइड्रोपावर हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव २९ प्रतिशत,उन्नति सहकार्य लघुवित्तको ९ दशमलव शून्य ९ प्रतिशत र युनाइटेड इदि मर्दी हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतका दरले वृद्धि भएको छ । 

बजार बढ्न थालेसँगै ती ११ ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।  

अपर तामाकोशीको शेयर मूल्य प्रतिकित्ता रू. ८४७, बिशाल बजार कम्पनीको रू. ४ हजार २१५,महिला लघुवित्तको रू.२ हजार ५८३,युनाइटेड इन्स्योरेन्सको रू.७११, समिट लघुवित्तको रू. १ हजार ५८३, मञ्जुश्री फाइनान्सको रू. २१६, ग्लोबल आइएमई लघुवित्तको रू.२ हजार ६५० पुगेको हो । 

यसैगरी अरुण भ्याली हाइड्रोपावरको रू. २७०, छ्याङदी हाइड्रोपावरको रू. २९४, उन्नति सहकार्य लघुवित्तको रू. २ हजार ४०० र युनाइटेड इदी मर्दीको शेयर मूल्य रू. २९० पुगेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्