ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिट्क्वाइनको विक्रीले बढायो टेस्लाको मुनाफा 

२०७८ बैशाख, १४  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको मुनाफा बढेको छ । यस वर्षको पहिलो तीन महीनामा कम्पनीले ४३ करोड ८० लाख डलर मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा मुनाफाको आकार १ करोड ६० लाख डलरमात्रै थियो । 

मुनाफा बढ्नुमा भर्चुअल मुद्रा बिट्क्वाइनको विक्री र वातावरणीय क्रेडिटको भूमिका रहेको बताइएको छ । विश्व बजारमा देखिएको चिप अभावले आपूर्ति शृङ्खलामा चुनौती उत्पन्न गराएको भएपनि यो समस्या हटेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बताए । मस्क र कम्पनीबीच सन् २०१८ मा भएको विवादास्पद सेवा योजनाका कारण कम्पनीको मुनाफा कम भएको हो । 

सम्झौताबमोजिम यस वर्षको पहिलो त्रैमासमा कम्पनीले मस्कलाई २९ करोड ९० लाख डलर भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब डलर रहेको आम्दानी समीक्षा अवधिमा बढेर १० अर्ब ४० कारेड डलरमा पुगेको छ । समीक्षा अवधिमा सबै आम्दानी कार बेचेर भएको होइन । बिट्क्वाइनका कारण पनि भएको हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्