ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्ज महानगरले अक्सिजन नि : शुल्क वितरण गर्ने  

२०७८ बैशाख, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित बढेर उपचारमा अक्सिजनको अभाव हुन थालेपछि वीरगञ्ज महानगरले निःशुल्क अक्सिजन वितरण गर्ने भएको छ । महानगरले मंगलवार अक्सिजन बैंक स्थापना गरेको हो । 

महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा अक्सिजन बैंक स्थापना भएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । 
  
कोभिड संक्रमणमा अक्सिजन अभाव भएर जीवन जोखिममा रहेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गरिने नगर प्रमुख विजयकुमार सरावगीले बताए ।

होम आईसोलेशनमा उपचार गराइरहेकाहरूलाई आवश्यक पर्ने औषधी, अक्सिजन र त्यसमा लाग्ने किटसमेत निःशुल्क बितरण गरिने महानगरले बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्