ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतलाई सहयोग गर्ने एप्पलका सीईओ टिम कूकको वाचा 

२०७८ बैशाख, १४  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १४, नयाँ दिल्ली (भारत) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कूकले कोरोना भाइरसको विद्यमान महामारीसँग जुध्न भारतको प्रयासलाई टेवा दिने वाचा गरेका छन् । 

कम्पनीले दान र राहत उपलब्ध गराउने कूकले ट्विटरमा भनेका छन् । भारतमा कोरोना संक्रमितको संख्या डरलाग्दो गरिरहेको अवस्था बीच आफूहरु स्वास्थ्य कामदारहरुको साथमा रहेको ट्विटमा कूकले भने । 

अमेरिकी बहुराष्ट्रिय कम्पनीहरु गूगल, माइक्रोसफ्ट र अमेजनले भारतलाई सघाउने घोषणा गरेको एक दिनपछि टिमको सो ट्विट आएको हो । गूगलका सीईओ सुन्दर पिचाईले मेडिकल आपूर्ति र उच्च जोखिम भएका समुदायहरुलाई टेवा दिने संघसंस्थाहरुलाई १ अर्ब ३५ करोड रुपया दिने वाचा गरेका थिए । 

माइक्रोसफ्टका सीईओ सत्य नदेल्लाले भेन्टिलेटर खरीदमा टेवा दिने वाचा गरेका थिए । अमेजनले पनि एसीटी ग्र्यान्ट्स, तेमासेक फाउन्डेशन र पुणे प्लेटफर्मसँग हात मिलाएर सहयोग दिने भएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्