ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतको अर्थतन्त्र खुम्चने अनुमान

२०७८ बैशाख, १४  
अन्तरराष्ट्रिय
Image Not Found
पीपीई गाउन लगाएर नयाँदिल्लीस्थित एलएनजीपी अस्पतालमा कोरोना संक्रमितलाई अप्रिल २३, २०२१ मा उपचार गर्ने क्रममा रहेका एक जना डाक्टर । तस्वीर सौजन्य : हिन्दुस्तान टाइम्स

वैशाख १४, नयाँ दिल्ली (भारत) । चालू त्रैमासमा भारतको अर्थतन्त्र खुम्चने अनुमान गरिएको छ । 

कोरोना भाइरसको महामारी अनियन्त्रित बनेसँगै अर्थशास्त्रीहरुले यस्तो चेतावनी दिएका हुन् । यद्यपि, अर्को त्रैमासमा भने अर्थतन्त्रमा सुधार आउने बताइएको छ । मंगलवार भारतमा ३ लाख २३ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए । 

योसँगै कूल संक्रमितको संख्या १ करोड ७६ लाखमा पुगेको छ । योसँगै संक्रमितको संख्याले लगातार पाँचौं दिन पनि नयाँ उचाई छोएको हो । 

पहिलो त्रैमासमा अर्थतन्त्र स्पष्ट रुपमा उल्लेख्य रुपमा घट्ने नोमुराका भारतीय प्रमुख अर्थशास्त्री सोनल बर्माले बताइन् । अप्रिल–जुन त्रैमासमा अर्थतन्त्र १ दशमलव ५ प्रतिशतले खुम्चने उनको अनुमान छ । 

उच्च संक्रमण नियन्त्रण गर्न केही राज्यमा ताजा लकडाउन र निषेधाज्ञा गरिएको छ । थप प्रतिबन्ध हुने अपेक्षा गरिएको छ । यसले अप्रिल र मेमा पनि गतिविधि प्रभावित बनाउने उनले बताइन् ।

आर्थिक वर्ष २०२० को पहिलो त्रैमासको तुलनामा भने सो अवधिमा अर्थतन्त्र २५ प्रतिशतभन्दा धेरैले बढ्न सक्ने बताइएको छ ।

 त्यतिबेला भारतीय अर्थतन्त्र करीब २४ प्रतिशतले खुम्चिएको थियो । गत त्रैमासको तुलनामा जुनमा सकिने त्रैमासमा अर्थतन्त्र २० देखि २३ प्रतिशतबीच खुम्चने डीबीएसमा अर्थशास्त्री राधिका रावले बताइन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्