ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब क्यूआर स्क्यानबाट गर्न सकिने

२०७८ बैशाख, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आज (मंगलवार) देखि प्रारम्भ भएको छ ।

निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा उक्त कार्यको शुरुवात गरे ।

निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए । 

उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाउँ गाँउबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने कुरा बताए ।

सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरे । 

अधिकारीले निगमसँग पुनः सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्