ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पीसीआर शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्दै स्वास्थ्य मन्त्रालय  

२०७८ बैशाख, १४  
समाचार
Image Not Found

वैशाख १४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पीसीआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ ।     

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मंगलवार सूचना जारी गर्दै पीसीआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिए । 

उनका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ । मन्त्रालयले सरकारी प्रयोगशालालाई रू. एक हजार र निजी प्रयोगशालालाई पीसीआर परीक्षण शुल्क रू. दुई हजार तोकेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्