ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युरोपमा भन्सार छुट हुँदा पनि निर्यात गर्न सकेनौं

२०७८ बैशाख, १५  
१० वर्ष अघि
NA

उत्पादित वस्तुको निर्यातको अवस्था त झन् बिचल्ली छ । विदेशमा रहेका व्यापारीले निश्चित समय दिएर सामान मगाएको हुन्छ । तर, निरन्तरको बन्द हडतालको कारण व्यवसायीले यहाँ सामान उत्पादन गर्न सक्दैन, उत्पादन गरे पनि ढुवानी गर्न सक्दैन । उद्योगधन्दा चलाउनका लागि निर्यात बढाउनका लागि सरकारले वातावरण बनाएपछि त्यसमा टेकेर निजी क्षेत्रले काम गर्ने हो । तर, यहाँ त सरकारले न्यूनतम रुपमा वातावरण बनाउने कामसमेत गरेन । धेरै वर्ष अगाडिदेखिको अवस्थालाई विश्लेषण गर्ने हो भने यो अवधिमा उत्पादनमूलक क्षेत्रको विकासका लागि निर्यात बढाउनका लागि एउटा पनि काम अगाडि बढेको पाइँदैन । भाषणमा त डब्लुटीओ, साफ्टा, बिम्स्टेकलगायतका सन्धिसम्झौताहरूका कुरा धेरै गरियो तर कुनै पनि क्षेत्रमा राम्रोसँग काम गरिएन । वर्षौंसम्म कुनै पनि काम नभएपछि अर्थतन्त्र संकटमा पर्नु स्वाभाविक हो ।

बढी दोष सरकारकै हो तर निजी क्षेत्र पनि दोषमुक्त छ भन्ने मेरो भनाइ होइन । निजी क्षेत्र उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नुका साटो करका दरहरूको बीचमा रहेका भिन्नतामा ‘खेल्न’ मात्र आफ्नो ऊर्जा केन्द्रित ग¥यो । भारत र नेपालको भन्सार दरमा रहेका भिन्नतालाई आधार मानेर व्याापर गर्ने प्रवृत्तिले गर्दा पनि नेपालको निर्यात बढ्न सकेन ।

(सावतीका कार्यकारी अध्यक्ष डा.पोषराज पाण्डेसँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक २०, २०६६, माघ ४–१०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्