ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सगरमाथा सफाइ अभियानमा खुकुरी रमको साझेदारी

२०७८ बैशाख, १५  
बजार
NA

काठमाडौं (अस) । खुकुरी रम उत्पादक नेपाल डिस्टिलरी प्रालिले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ ।

खुकुरी रमले हिमालय सफाइ अभियानमा सहकार्य गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणमार्फत यो सम्बन्ध थप मजबुत हुने अपेक्षा व्यक्त गरेको छ ।

यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरि, पुमोरी, अमादब्लम,  विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र त्यसको सेरोफेरोको सरसफाइ गर्ने लक्ष्य राखेको छ ।

हिमालय संरक्षणका लागि नेपाली सेनासँग आबद्ध हुन पाएकामा खुकुरी रमले खुसी प्रकट गरेको छ । यस अभियानको थालनी ११ अप्रिल २०२१ बाट भई ५ जुन २०२१ विश्व वातावरण दिवसका दिनसम्म रहने कम्पनीले बताएको छ । ६ वटा हिमालयमा फ्याँकिएका करिब ७०,००० केजी तौल बराबरका उपयोगविहीन उपकरण, खाद्यान्न सामग्रीका भाँडा, पाल, क्यानका फोहर संकलन गर्ने र त्यसलाई काठमाडौंमा पु¥याउने लक्ष्य छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्