ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाबाट बाँकेमा आठको मृत्यु

२०७८ बैशाख, १५  
प्रदेश ०५
NA

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा मंगलवार आठ जनाको मृत्यु भएको छ । जिल्लाका कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् । त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।     

यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्