ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु सेलेक्ट फण्डको आईपीओलाई स्वीकृति

२०७८ बैशाख, १५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासनलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले वैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्कासनलाई स्वीकृति दिएको हो ।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामूहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन् ।

प्रभु क्यापिटलले निष्कासन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रस्टीको रूपमा प्रभु बैंक रहेको छ ।

कुल १० करोड युनिटमध्ये १ करोड ५० लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रस्टी एवं व्यवस्थापकको रूपमा खरिद गर्नेछन् । बाँकी रहेको ८ करोड ५० युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुलाउने तयारी क्यापिटलको छ ।

प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिलेसम्म सञ्चालनमा आएका सामूहिक लगानी योजनाभन्दा पृथक रहने कम्पनीको भनाइ छ ।
यसले एक पटकमा बढीमा ३० वटासम्म कम्पनीमा लगानी गर्न सकिनेछ, जसलाई नेप्से ३० बेन्चमार्कको रूपमा लिएर पनि लगानीकर्ताले यसमा लगानी गर्न सक्ने कम्पनीले
बताएको छ ।

७ वर्षे अवधिको यो सामूहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षे अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्