ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषि संकलन केन्द्र प्रयोगविहीन

२०७८ बैशाख, १५  
प्रदेश ०५
NA

रुकुम (अस) । रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ मा रहेको कृषि संकलन केन्द्रको भवन प्रयोगविहीन भएको छ । वडामा उत्पादित कृषि वस्तुलाई संकलन गरी अन्य ठाउँमा बिक्री गर्ने उद्देश्यले उक्त भवन निर्माण गरिएको थियो ।

गाउँपालिकाको २० लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत २०७६ सालमा निर्माण गरिएको भवन अझै प्रयोगमा आउन सकेको छैन । २ वर्षसम्म कृषि संकलन केन्द्रको भवन प्रयोग नहुँदा किसानलाई समस्या भएको स्थानीय निर्मला ओलीले बताइन् ।

उनले भनिन्, ‘किसानले उत्पादन गरेको वस्तुले बजार नपाउँदा समस्या भएको छ । वडामै  रहेको कृषि संकलन केन्द्रको भवन सञ्चालन नहुँदा उत्पादित कृषि उपज डोकामा बोकेर जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट, रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगासम्म पु¥याउनुपर्ने बाध्यता छ ।’

सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिङ थापाले भने चिस्यान केन्द्र सञ्चालन भए मात्र संकलन केन्द्र सञ्चालनमा आउने बताए । अहिलेसम्म वडामा चिस्यान केन्द्र नबनेको हुँदा कृषि संकलन केन्द्र सञ्चालनमा नआएको उनको भनाइ छ । वडामा चिस्यान केन्द्र निर्माण भए कृषि संकलन केन्द्र सञ्चालनमा ल्याइने अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्