ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशियाको ‘क्विक पे’ सार्वजनिक

२०७८ बैशाख, १५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआई सी एशिया बैंकले साना तथा मझौला व्यवसायी लक्षित डिजिटल भुक्तानी लिन सकिने ‘क्विक पे’ सेवा सुरु गरेको छ ।

हस्पिटालिटी, ट्राभल÷टुर्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, साना तथा मझौला व्यवसायजस्ता क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेका व्यवसायीलाई लक्षित गर्दै बैंकले यो सेवा सुरु गरेको हो । यो सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा लिन चाहने व्यवसायीले बैंकसमक्ष पुगेर सम्झौता गरेपछि उनीहरुलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्तालाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराइनेछ ।

उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले इमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक उपभोक्तालाई पठाउन सक्ने बैंकले बताएको छ ।
उपभोक्ताले आफ्ना ल्यापटप, कम्प्युटर वा स्मार्टफोनमा प्राप्त लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समय तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्