ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटक तान्दै सत्खलुवा ताल

२०७८ बैशाख, १५  
प्रदेश ०५
NA

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फूल हेर्नेको लर्को लागेको छ ।     

सात वटा ताल मिलेर बनेको नाग देउताको वासस्थानको रूपमा यो परिचित छ । रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ ।

पूर्व–पश्चिम राजमार्गको बैदी चोकबाट करिब तीन किलोमिटर उत्तरमा अवस्थित सत्खलुवा ताल पुग्नुअगावै फराकिला बाटो अनि मनोरम दृश्यको बीचमा बसोबासका लागि सत्खलुवा होमस्टे छ । बर्दियाको सदरमुकाम गुलरियादेखि करिब २५ किलोमिटरको दूरीमा पर्ने पर्यटकीय क्षेत्र सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । विभिन्न जातिका जीवजन्तुका साथ साथै अनेक प्रजातिका चराचुरुंगी, जंगली पाटे बाघ, चित्तल, दुम्सी, बँदेललगायत जनावर यहाँ अवलोकन गर्न पाइन्छ ।   
 
बर्दिया राष्ट्रिय निकुञ्जसँगैको ताल पर्यटकीय गन्तव्य बन्ने प्रशस्त सम्भावना बोके पनि प्रचार–प्रसार अभाव रहेको छ । सामुदायिक वनभित्रको तालमा डुंगा सयरको व्यवस्था गरिएसँगै त्यस वरपरका पर्यटकको भीड लाग्ने गरेको स्थानीय बताउँछन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्