ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टीभीएस नयाँ वर्ष लक्षित योजनाको पहिलो विजेता घोषित

२०७८ बैशाख, १५  
बजार
Image Not Found

काठमाडौं (अस) । टीभीएसले नयाँ वर्ष ०७८ अवसरमा ल्याएको ‘वा, वाह्, वाह्ह्’ योजनाअन्तर्गतको पहिलो विजेताको नाम घोषणा गरेको छ ।

कैलाली–२ बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१० का पहिलो विजेता घोषित भएका हुन् ।

विजेताले टीभीएस आरटीआरअपाचे १६० २भी खरिद गरेका थिए । टीभीएस ‘वा, वाह्, वाह्ह्’ योजनाअन्तर्गत ग्राहकले टिभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्छन् ।

योजनाअन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गोला प्रथा गरी विजेताको नाम घोषणा गरिनेछ ।

योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटसाइकल वा स्कुटर खरिदमा १० हजारसम्मको पक्का छुट र शून्य प्रतिशत ब्याजदरको व्यवस्था भएको ‘वा’ अफर रहेको छ । ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समयावधिमा टीभिएसका कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये १ जनालाई हरेक १५ दिनमा उपहारस्वरूप एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० प्रदान गरिनेछ ।

‘वा’ बाट ‘वाह्’ हुँदै ‘वाह्ह्’ सम्मको थप भव्य बनाउने योजनाको अन्त्यमा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा स्ट्यान्डर्ड एमटी संस्करणको नयाँ प्रोटोन सागा गाडी गोला प्रथामार्फत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्