ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ठेक्कामार्फत चामल वितरण

२०७८ बैशाख, १५  
प्रदेश ०५
NA

रुकुम (पूर्व) मा लिमिटेडको छुट्टै शाखा कार्यालय स्थापना नहुँदा ठेकेदारमार्फत चामल आपूर्तिको काम भइरहेको छ । यसपालि रुकुमकोटका लागि राप्ती बहुसेवा प्रालि र तकसेराका लागि एमवी बिल्डर्सले खाद्यको चामल आपूर्तिको जिम्मा पाएका थिए । जिल्लामै कार्यालय नभएपछि विकल्पका रूपमा ठेकेदारमार्फत चामल आपूर्ति र वितरणको काम गर्नुपर्ने बाध्यता भएको शाखा कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख खड्काले बताए ।    
 
रुकुम (पूर्व)मै शाखा कार्यालय स्थापना गर्न पहल गरिए पनि सुनुवाइ नभएको यहाँका सरोकारवालाले बताएका छन् । ठेकेदारमार्फत खाद्यको चामल वितरण गर्दा ढुवानीदेखि लिएर बिक्री वितरणमा भने अपेक्षित रूपमा सहज नभएको उपभोक्ताहरुले बताएका छन् । रुकुम (पूर्व) का लागि स्वीकृत भएको एक हजार कोटा चामल यहाँका लागि पर्याप्त भने होइन । भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै ठाउँमा सडक पुगेका छैनन् ।     

अहिले खाद्यको चाम सडक सुविधा पुगेका ठाउँका नागरिकले मात्र प्रयोग गर्दै आएका छन् । सडक नपुगेका ठाउँमा खाद्यको चामल पु¥याए पनि खोडा खच्चडमार्फत ढुवानी गर्ने हुँदा महँगो पर्ने गरेको गुनासो उपभोक्ताहरूको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्