ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मापदण्ड पालना गर्दै खटयात्रा

२०७८ बैशाख, १५  
वाग्मती प्रदेश
NA

काठमाडौं । वर्ष चैत शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने वज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोनासंक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरू गरिएको छ । राजा शंखदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरू भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महŒवपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगित गरिएको थियो । जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको, चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजर वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंले जानकारी दिए । वैशाख कृष्ण अष्टमीसम्म हुने यो जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्