ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ

२०७८ बैशाख, १५  
कर्णाली प्रदेश
NA

हुम्ला । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनओटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको संक्रमण बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रणका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।    

यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने भएको छ । त्यसैगरी अन्तरप्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चंखेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच शुरू गरिने भएको छ । जिल्लामा प्रवेश गर्ने नागरिकको तीनपुस्ते विवरण, बसोवास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा हेल्थहेस्कमा राखिनेछ । हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो १० दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने भएको प्रजिअ आचार्यले बताए ।

जिल्लास्तरका र अन्य सबै पालिकामा क्वारेन्टिन तथा आइसोलेसन स्थापना तत्काल गरिने भएको छ । कोरोना संक्रमण बढिरहेका बेला जिल्ला अस्पतालमा भने तीन शøयाको आइसोलेसन रहेको र अन्य उपचारका सामग्री अभाव भएको डा. टसी आङ्जुले जानकारी दिए । नेपालगञ्ज र सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हुम्लाका नागरिक समेत त्रासमा छन् । हवाई यातायातमार्फत निर्बाध रूपमा नेपालगञ्ज–सुर्खेतबाट यात्रु ओसारपसार तथा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेपछि स्थानीयवासी त्रसित भएका हुन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्