ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सम्बन्धविच्छेदका मुद्दा बढे

२०७८ बैशाख, १५  
वाग्मती प्रदेश
NA

रसुवा । न्यायका लागि दायर भएका अधिकांश मुद्दामध्ये पछिल्लो समय सम्बन्धविच्छेद बढ्न थालेको छ । चालू आर्थिक वर्षमा दायर भएका ४१ मध्ये ३६ मुद्दा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेद सम्बन्धी रहेको रसुवा जिल्ला अदालतले बताएको छ ।     

अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्षबाट सरी आएका ३० एवं चालू आवमा पर्न आएको ४१ समेत ७१ मुद्दा विचाराधीन रहेका थिए । विचाराधीन फौजदारीमा ३२ एवं देवानी ३९ वटा मुद्दामध्ये केही फैसला भइसकेका र केही प्रक्रियागत रूपमा रहेका छन् ।     

अदालतको कार्य छिटोछरितो सम्पादन गर्न वैतनिक अधिवक्ता, बालमनोविज्ञ, मेलमिलापकर्ताको व्यवस्थापन एवं बाल इजलाससमेत स्थापना गरिएको छ । जिल्ला अदालतमार्फत गाउँ–गाउँमा पिरमर्का बुझ्ने र न्यायसम्बन्धी जनचेतनाको जागरण, न्यायिक संवाद कार्यक्रम अन्तर्गत गाउँटोलमा न्यायाधीशसँग भेटघाट कुराकानीसमेतका कार्यक्रम अगाडि बढिरहेको स्रेस्तेदार ढकालले बताए । जिल्ला न्यायाधीशले गाउँटोलमा जनतासँग भेटघाट गर्दा न्यायसम्बन्धी गुनासो गर्न पाइने तर अदालतले गरेका काम कारवाहीका बारेमा टीकाटिप्पणी भने गर्न नपाइने बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्