ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलवायु परिवर्तनको दीर्घकालीन रणनीति तयार गरिँदै

२०७८ बैशाख, १५  
समाचार
NA

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिर्वतन कम गर्न नेपाल सरकारले दीर्घकालीन रणनीति तयार गरिरहेको बताएका छन् । दक्षिण एशियाली मुलुकको मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताए ।

‘कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहोरले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा असर पारिरहेको छ, यसको असर कम गर्न एकीकृत नाइट्रोजन व्यवस्थापन रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले जोखिममा रहेको भन्दै उनले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न नेपालले गरिरहेका कार्यक्रमबारे प्रकाश पारेका थिए । साथै उनले पेरिस सम्झौता बमोजिमको प्रतिबद्धताअनुरूप नेपाल सरकारले हालसम्म गरेका कार्य पनि उक्त कार्यक्रममा स्मरण गरेका थिए ।

सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य तय गरिएको र विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्न सकिनेसमेत मन्त्री आलेको विश्वास व्यक्त गरे । ‘नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता हो,’ उनले भने । जलवायु परिर्वतनसम्बन्धी २६औँ सम्मेलनमा प्रभावकारी सहभागी हुन नेपालले गरिरहेको पूर्वतयारीबारे पनि उनले जानकारी दिएका थिए ।

 विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहर सन् २०३० सम्ममा आधा कटौती गर्न अघि बढाइएको कोलोम्बो घोषणाले तय गरेका उद्देश्य प्राप्तिका लागि साझा प्रयास आवश्यक भएको भन्दै उनले यसका लागि संयुक्त वातावरण विकास साझेदार तथा सबै सदस्य राष्ट्रलाई एकजुट भएर सहकार्य गर्नसमेत आग्रह गरे । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्