ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रजिअलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

२०७८ बैशाख, १५  
वाग्मती प्रदेश
NA

सिन्धुपाल्चोक । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड–१९ संक्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ । कार्यालयले मंगलवार एक सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।     

सोमवार स्वाब संकलन गरी पठाइएकामा एक कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । जिल्लामा हालसम्म ८८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्