ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गण्डकी प्रदेशसभाको बैठक रोकियो

२०७८ बैशाख, १५  
गण्डकी प्रदेश
NA

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरूमा नै नेकपा (एमाले) का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पीसीआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैैठक सञ्चालन हुन सकेको छैन । बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधवारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्