ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण

२०७८ बैशाख, १५  
कर्णाली प्रदेश
NA

जाजरकोट । केन्द्रीयविद्युत्को प्रसारण लाइनपुगेपछि जाजरकोट र रुकुमपश्चिमकागाउँमा सल्लीको दियालो विस्थापितहुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाकाअधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशीभएका छन् ।

त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा सल्लीको दियालोबाट उज्यालो गर्ने दिन हटेको छ । नेपालविद्युत् प्राधिकरणले रुकुमपश्चिमको दुर्गम खदीगाउँमा केन्द्रीयलाइनविस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्तिपाएकाहुन् । नगरपालिकाका १४ वडामध्ये ३ नं वडाको खदीमापहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । पुस्तौँदेखि नै सल्लाको दियालो प्रयोग गर्ने स्थानीयवासीबिजुलीपाउँदाखुशीभएका छन् ।     

खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुलीबालिएको छ ।दुई सय ५७ घरमाविद्युत् पुर्‍याउने गरी केन्द्रीय प्रसारण लाइनविस्तार थालिएको वडाध्यक्ष केशरमानविकले बताए ।गत पुस २५ गते खदीको ट्रान्सफर्मरमाबिजुली बलेको थियो । प्राधिकरणको लाइनविस्तार परियोजनाअन्तर्गत जिल्लाकाअन्य ठाउँमा पनिविद्युत् विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामाविद्युत् विस्तारको कामगरिरहेको छ । निर्माण कम्पनीकाप्रतिनिधि हरि चन्दकाअनुसार रु १९ करोड ३७लाखलागतमाविद्युत् विस्तारको कामभइरहेको छ । जिल्लामाप्राधिकरणका झन्डै १२ हजार उपभोक्ता छन् ।     

रुकुमपश्चिममा सल्यान र जाजरकोटका सबस्टेशनबाट विद्युत् आपूर्ति शुरूभएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेशनबाट विद्युत् आपूर्ति थालिएको हो । यसअघि सल्यानको शीतलपाटीबाट मात्रविद्युत् आपूर्ति भइरहेको थियो । कुदु सबस्टेशनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामाविद्युत् आपूर्ति शुरु गरिएको रुकुमवितरण केन्द्रप्रमुखत्रिलोचन भट्टराईले बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्