ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी

२०७८ बैशाख, १५  
कर्णाली प्रदेश
NA

बझाङ । जिल्लाको बुंगल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिप्mटिङ प्रविधिबाट गाउँमा खानेपानी पु¥याएपछि उनको मात्र होइन, गाउँलेकै दैनिकी फेरिएको छ ।   

आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दा घरअगाडि धारा जडान भएपछि खुशी छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नुपर्ने अवस्था पनि नरहेको उनी  बताउँछिन् ।   

दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि हाइसन्चो भएको छ । वर्षौंदेखि खोलाको पानी बोक्दै आएकी उनी गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउँछिन् । ‘अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नुपरेको छ न एक गाग्री पानी भर्न दिनभर कुर्नुपरेको छ,’ उनी भन्छिन्, ‘पहिले १ घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो । सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैंसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौं ।’ गाउँमा यसभन्दा पहिले खानेपानीको कुनै योजना आएको थिएन । अहिले पानी बोक्नुपर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन थालेको उनले बताइन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्