ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुदूरपश्चिममा ६४ हजार सवारीसाधन कारबाहीमा

२०७८ बैशाख, १५  
सुदूरपश्चिम प्रदेश
NA

कैलाली । चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३०५ सवारीसाधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।     

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ अन्य सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका सवारीसाधनबाट तीन करोड ७० लाख ८४ हजार ५०० राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । ‘यी सवारीसाधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व संकलन भएको हो,’ उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारबाहीमा परेका हुन् । हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाइ गर्ने गरेका छौं ।’     

अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारीसाधन कारबाहीमा पर्दा ३ करोड ३१ लाख ९९ हजार ५०० राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आव नौ महिनामा नै आठ हजार १५२ बढी सवारीसाधन कारबाहीमा परेका छन् भने ३८ लाख ८५ हजार राजस्व बढी संकलन भएको देखिन्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्