ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चौतारा साँगाचोकगढीमा ६ करोडभन्दा बढी लागतमा बुद्धपार्क बन्दै

२०७८ बैशाख, १५  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा ६ करोड २१ लाख ५३ हजार ७ सय ८८ रुपैयाँ लागतमा बुद्ध पार्क बन्ने भएको छ ।

सदरमुकाम चौतारास्थित भगवति सामुदायिक वन क्षेत्रमा पार्क निर्माण हुन लागेको हो । भ्यूटावरसहित बन्ने बुद्ध पार्कको सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गरे ।

कार्यक्रममा सभामुख सापकोटाले बुद्धपार्कले चौताराको प्रसिद्धिलाई देश–विदेशमा पु¥याउन मद्दत पु¥याउने बताए । ‘चौताराको आफ्नो छुट्टै पहिचान र सौन्दर्यता छ । त्यसलाई थप निखारता दिन बुद्ध पार्कले सघाउनेछ ।’ पार्कमा बहुआयामिक क्षेत्र समेटिने भएका कारण पनि थप आकर्षण रहने उनले बताए ।

बुद्ध पार्कभित्र भ्यूटावरसहित ६५ फिट अग्लो बुद्धको प्रतिमा राखिनेछ । पार्क पुग्न दारेगौंडाको फेदीबाट सिँढी निर्माण सुरु गरिएको छ । १ हजार सिँढी पार गरेर पार्क पुग्दा छुट्टै आनन्द आउने बागमती प्रदेशका निवर्तमान सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

‘बुद्ध पार्कको शिलान्यासपछि निर्माणबद्ध विकासको योजना सुरु भएको छ’, दुलालले भने, ‘चौताराको विकासले जिल्लाकै विकासको प्रतिनिधित्व गर्ने भएकाले पनि यसको विशेष महत्व छ ।’

सदरमुकाम र आसपासको क्षेत्रको आर्थिक उपार्जनमा टेवा पु¥याउने उद्देश्यले नयाँ पर्यटकीय गन्तव्य निर्माण हुनु स्वागतयोग्य भएको बताउँदै दुलालले बागमती प्रदेशको मानव विकास सूचकांकमा सिन्धुपाल्चोक १२ औं नम्बरमा परेको कारण विकासका ठूला योजना ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

त्यसका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ ।

पार्कको निर्माण २०७९ जेठ २२ गतेसम्म सक्ने लक्ष्य लिइएको छ । पार्क निर्माणको ठेक्का निर्माण व्यवसायी उमा काली प्रसिन जेभी काठमाडौंले पाएको छ । २०७८ वैशाख १० गते पार्क निर्माणको ठेक्का सम्झौता गरिएको थियो । पार्कमा बाल उद्यान, योगास्थल, शैचालयलगायत संरचना निर्माण हुने बताइएको छ ।

पर्यटकीय दृष्टिकोणबाट चौतारा साँगाचोकगढी नगरपालिका अब्बल बन्दै गइरहेको जनाउँदै नगर प्रमुख अमानसिं तामाङले बुद्ध पार्कले थप इँटा थप्ने बताए । ‘यहाँका नागरिकलाई जीवन स्तरलाई गुणस्तरीय बनाउनु मुख्य उद्देश्य हो’, नगर प्रमुख तामाङले भने, ‘आम्दानीको स्रोत बढाउँदै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन बुद्ध पार्कले टेवा पुर्‍याउने हाम्रो विश्वास छ ।’ शिलान्यास कार्यक्रममा नगर उपप्रमुख जानुका पराजुलीले आगामी वर्षमा पार्क निर्माण सक्न सम्पूर्ण प्रयास गरिने  बताइन् । ‘यो नगरकै महत्वको योजना हो । त्यसकारण समयमै सक्न निरन्तर लाग्नेछौं’, उनले भनिन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्