ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२०% भन्दा बढी कर्जा प्रवाह गरेको मेगा बैंकको खुद नाफा करीब २ अर्ब 

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ अर्ब ९७ करोड २७ लाख ५५ हजार खुद नाफा गरेको छ । 

कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९५ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. १ अर्ब ४५ करोड १० लाख ९० हजार खुद नाफा गरेको थियो । 

यस वर्ष सञ्चालन नाफा ३३ दशमलव ३४ प्रतिशत बढी रू. २ अर्ब ७७ करोड २ लाख ३ हजार गरेको कम्पनीको वितरण योग्य नाफा रू. १ अर्ब २९ करोड ७७ लाख ३० हजार रहेको छ ।

१० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार पुगेको छ । विभिन्न कोष समेत गरी कम्पनीको जगेडा कोष रकम ७ दशमलव ८४ प्रतिशत बढेर रू. ५ अर्ब २५ करोड ४७ लाख ८८ हजार कायम भएको छ ।

यस वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी रू. १ खर्ब ३३ अर्ब ३५ करोड २२ लाख ९० हजार निक्षेप संकलन गरेको कम्पनीले २० प्रतिशत बढी रू. १ खर्ब ३३ अर्ब ३५ लाख १८ हजार कर्जा प्रवाह गरेको छ । 

गत वर्ष १ दशमलव ३२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३१ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ४१ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्