ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ महीनामा पोखरा फाइनान्सले कमायो १० करोडभन्दा बढी नाफा 

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनासम्म पोखरा फाइनान्सले रू. १० करोड ८४ लाख ४ हजार खुद नाफा गरेको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ८ करोड ७८ लाख ८५ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २२ दशमलव ८४ प्रतिशत बढी भएको हो । 

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ९ करोड ८ लाख ३ हजार छ । यो नाफा गत वर्षको यस अवधिसम्म रू. २ करोड ५१ लाख २८ हजार थियो । सञ्चालन नाफा भने यस वर्ष २२ दशमलव ८४ प्रतिशत वृद्धि भएर रू. १५ करोड ४८ लाख ६२ हजार भएको छ ।

निष्क्रिय कर्जा यस वर्ष बढेर १ दशमलव ४८ प्रतिशत कायम भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ९ प्रतिशत थियो । यस वर्ष कम्पनीको कर्जा प्रवाह भने न्यून प्रतिशत कम भएको छ । 

गत वर्ष रू. ५ अर्ब ९९ करोड ८६ लाख ४५ हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ अर्ब ९७ करोड ९२ लाख ७९ हजार प्रवाह गरेको छ । निक्षेप संकलन भने गत वर्षभन्दा २० प्रतिशत बढी रू. ९ अर्ब १ करोड ९० लाख ८२ हजार भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव शून्य एक र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ४९ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्