ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१०% चुक्तापूँजी बढाएको सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४० करोडभन्दा बढी 

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४० करोड ९५ लाख २४ हजार रहेको छ । यस वर्ष कम्पनीले १४ दशमलव ६७ प्रतिशत बढी रू. १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार खुद नाफा गरेको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ६१ करोड ८७ लाख २१ हजार खुद नाफा गरेको थियो । सञ्चालन नाफा भने यो वर्ष १४ दशमलव ९६ प्रतिशत बढी रू. २ अर्ब ६४ करोड १४ लाख ११ हजार भएको छ । 

१० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार पुगेको कम्पनीको जगेडा कोष रकम १७ दशमलव ३८ प्रतिशत बढी रू. ४ अर्ब ७१ करोड ५३ लाख ८० हजार रहेको छ ।

यस वर्ष गत वर्षभन्दा साढे १४ प्रतिशत बढी रू. १ खर्ब २२ अर्ब ७९ करोड ७६ लाख १४ हजार निक्षेप संकलन गरेको कम्पनीले साढे २५ प्रतिशत बढी रू. १ खर्ब १४ अर्ब ६ करोड ४३ लाख ६२ हजार कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ३६ प्रतिशतबाट घटेर शून्य दशमलव २१ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ७३ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्