ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिलायन्स फाइनान्सको साधारण सभा गर्ने स्थान परिवर्तन

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेकाले साधारण सभा कम्पनीको मुख्य कार्यालय प्रर्दशनीमार्गमा भिडियो कन्फ्रेन्समार्फत हुने कम्पनीले जानकारी गराएको छ । 

सभा बिहान ११ बजेदेखि शुरु हुनेछ । यो भन्दा अगाडि कम्पनीले लैनचौर ब्यांक्वेटमा साधारण सभा गर्ने जानकारी गराएको थियो । 

सभाले गत आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । वैशाख ९ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउने छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्