ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घलेम्दी हाइड्रोको ७औं वार्षिक साधारण सभा वैशाख २३ गते

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले सातौं वार्षिक साधारण सभा वैशाख २३ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल मुलाईट, पक्नाजोल काठमाडौंमा हुने जानकारी गराएको छ । 

सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका वैशाख १६ गतेदेखि २३ गतेसम्म बन्द रहनेछ । वैशाख १५ गतेसम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

हालको कोभिड-१९ को महामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्