ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार एकैदिन तोलामा ७०० ले घट्यो सुनको मूल्य

२०७८ बैशाख, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. १०० ले ओरालो लागेको सुनको भाउ बुधवार एकैदिन रू. ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजारमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार ३१५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. १० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्