ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो कारोबार दिन सिंगटी हाइड्रोको शेयरमूल्य ७.८४% ले बढ्यो 

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य पहिलो कारोबार दिनमा ७ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको शेयरमूल्य रू. ३०६ खुला भएर हालसम्म रू. ३३० पुगेको छ ।  मार्केट डेप्थमा खरीद माग ५ लाख ६८ हजार १४९ कित्ता छ भने विक्री माग शून्य रहेको छ । 

कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर मंगलवार सूचीकृत भएको थियो । कम्पनीले नेप्सेमा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म तोकेको । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । यो समचार तयार पार्दासम्म कम्पनीको ११० कित्ता शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्