ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार पहिलो घण्टामा ०.७३ % ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ बैशाख, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १८ दशमलव ८५ अंकले बढेर २ हजार ६१७ दशमलव ९२ विन्दुमा पुगेको छ ।   

२ हजार ६०६ दशमलव ५६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७३ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९९ ओटा कम्पनीको १२ हजार ४९६ पटकको कारोबारमा २३ लाख ८४ हजार १४३ कित्ता शेयरको रू. १ अर्ब ३ करोड १७ लाख ८० हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले बढेको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये वित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३३९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्