ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईपीओ ल्याउने तयारीमा रहेको जीवन विकास लघुवित्तको नाफा १०६ % वृद्धि

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । आईपीओ ल्याउने तयारीमा रहेको जीबन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०६ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको तेस्रो रू. २७ करोड २५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५६ करोड ३९ लाख ३९ हजार पुगेको हो । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ५७ प्रतिशतले वृद्धि भएकाले र ५६ करोड ९६ लाख ९९ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब १८ करोड ३९ लाख सञ्चित गरेको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० अर्ब १७ करोड १७ करोड ५५ लाख सापटि लिएर,रू. ७ अर्ब ७७ करोड २७ लाख निक्षेप संकलन गरेर रू. २० अर्ब ७ करोड ७६ लाखभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्