ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ महीनामा रू.३ अर्ब ५७ करोडभन्दा बढी खुद नाफा गरेको ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी रू. २२.०५

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३२ प्रतिशतले वृद्धि भएको हो  ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. २ अर्ब ७० करोड २६ लाख खुद नाफा आर्जन गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा प्रतिशेयर आम्दानी रू. १८ दशमलव ९९ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. २२ दशमलव शून्य ५ पुगेको हो । त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ५६ करोड ४५ लाख रहेको छ । 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा आर्जन गरेको खुद नाफाबाट एनएफआरएस प्रणाली अनुसार विभिन्न शिर्षकमा छुट्याए पछिको नाफानै वितरणयोग्य नाफा हो । 

चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ७ अर्ब ९२ करोड ८८ लाख र रिटेन्ड अर्निङमा रू. २ अर्ब ६५ करोड ३५ लाखभन्दा बढी सञ्चित गरेको छ । 

त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात २० दशमलव ४० गुणा, तरलता अनुपात २६ दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ९२ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्