ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.१४% ले बढेको बजारमा विशाल बजार र महिला लघुवित्तको शेयरमूल्य ९.९९% ले वृद्धि (१ बजेको अपडेट)

२०७८ बैशाख, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । बुधवार कारोबारको दोस्रोे घण्टामा नेप्से परिसूचक ३ दशमलव ६१ अंकले बढेर २ हजार ६०२ दशमलव ६८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव १४ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०७ ओटा कम्पनीको रू. २ अर्ब १ करोड ६२ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३४१ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, जलविद्युत्, वित्त, लघुवित्त र जीवन बीमासमूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्