ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खुद ब्याज आम्दानी घटेपनि सनराइज बैंकको खुद नाफा २०.८२ % बढ्यो

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । सनराइज बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २० दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू.९३ करोड ५२ लाख ८३ हजार खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ अर्ब १३ करोडभन्दा बढी पुगेको हो । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा २५ प्रतिशतले वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १४ प्रतिशतले कमि आएको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. २ अर्ब ९९ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ अर्ब ५७ करोडमा सिमित भएको हो ।  

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ३१ करोड ८३ लाखभन्दा बढी रहेको छ । चुक्तापूँजी रू. ९ अर्ब ४८ करोड ७९ लाख रहेको कम्पनीले जगेडामा रू. ३ अर्ब ८४ करोड ५१ लाख र रिटेन्ड अर्निङमा रू. १ अर्ब १२ करोड ३४ लाखभन्दा बढी सञ्चित गरेको छे ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९१ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १५ दशमलव ८८ पुगेको हो ।

त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात २० दशमलव ५३ गुणा,तरलता अनुपात २४ दशमलव ५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ३७ पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्