ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ महीनामा नेपाल इन्भेष्टमेण्ट बैंकको वितरणयोग्य नाफा १ अर्ब ३८ करोडभन्दा बढी 

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बुधवार प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा चालू आवको ९ महीनामा रू. १ अर्ब ३८ करोड ५२ लाख रहेको छ । 

कम्पनीले सो अवधिमा रू. २ अर्ब ८४ करोड ७१ लाख खुद नाफा कमाएको हो । खुद नाफाबाट एनएफआरस प्रणाली अनुसार विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । 

कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. २ अर्ब ४९ करोड खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ५ दशमलव ३० प्रतिशतले कमी आएको छ । 

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ४ अर्ब ५३ करोड ५९ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४ अर्ब २९ करोड ५१ लाखमा सीमित भएको छ । 

चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख रहेको कम्पनीले जगेडामा रू. १२ अर्ब ९४ करोड ५१ लाख, रू. १ अर्ब १४ करोड ८० लाख रिटेन्ड अर्निङमा र शेयर प्रिमियममा रू. ४७ लाख ९८हजार सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ४७, मूल्य आम्दानी अनुपात, १९ दशमलव ८६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८६ दशमलव ७२ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्