ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खुद ब्याज आम्दानी घट्दा बैंक अफ काठमाण्डूको खुद नाफा ३३ % बढ्यो

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, काठमाडौं । बैंक अफ काठमाण्डूको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा ३३ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले बुधवार  प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८७ करोड ३४ लाख खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ अर्ब १६ करोड ९३ लाख पुगेको हो । 

कम्पनीको खुद ब्याज आम्दानी घटेपनि अन्य स्रोत मार्फत हुने आम्दानीले खुद नाफा बढ्नमा टेवा पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर रू. २ अर्ब ३५ करोड ५८ लाखमा सीमित भएको छ ।

त्यसैगरीसोही अवधिमा कम्पनीको सञ्चालन नाफमा ३५ प्रतिशतले वृद्धि भएको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ८५ करोड ६९ लाख रहेको छ । त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १४, मूल्य आम्दानी अनुपात १९ दशमलव ७० गुणा,तरलता अनुपात २५ दशमलव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ४५ रहेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ६५ करोड ८१ लाख रहेको छ भने जगेडामा रू. ५ अर्ब ४१ करोड ८५ लाख र रिटेन्ड अर्निङमा रू. ९० करोड २७ लाख सञ्चित रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्