ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सरकारले फिर्ता लियो १५ ओटा मुद्दा, १२० जना रिहा हुँदै

२०७८ बैशाख, १५  
समाचार
Image Not Found
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङ
author avatar अभियान संवाददाता

वैशाख १५ , काठमाडौं । सरकारले १२० जना प्रतिवादी भएको १५ ओटा मुद्दा फिर्ता लिएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको जानकारी दिए ।

उनले नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम उक्त निर्णय भएको बताए । उनले यो राजनीतिक निर्णय भएको पनि बताए ।

यो निर्णयपछि विभिन्न राजनीतिक मुद्दामा जेल जिवन व्यतित गर्दै आएका १२० जना रिहा हुने छन् । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।     


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्