ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्मचारीमा कोरोना संक्रमण भएपछि दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनमार्फत        

२०७८ बैशाख, १५  
बजार
Image Not Found

वैशाख १५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा बुधवारदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठ जनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो ।     
     
 प्राधिकरणले एक सूचना जारी गरी अर्को सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने बताएको हो ।     
     
 प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत जानकारी गराउनुपर्ने बताउँछन् ।

अन्य कर्मचारीमा सङ्क्रमण अझ बढ्न सक्ने भएकाले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणलाई ध्यानमा राख्दै बुधवारदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाइएको प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।     
     
 प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ । उनले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्