ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चालू आवको ९ महीनामा जानकी फाइनान्सको नाफा १ करोड ४७ लाख 

२०७८ बैशाख, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । जानकी फाइनान्सले चालू आवको ९ महीनामा रू. १ करोड ४७ लाख ५६ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६८ प्रतिशतले कमी आएको छ ।

कम्पनीले सो अवधिमा रू ४ करोड ७२ लाख ३ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा घटेको हो । 

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३८ प्रतिशत र सञ्चालन नाफा ६८ प्रतिशतले कमी आएको छ । 

गत आवको तेस्रो त्रैमासमा कम्पनीको रू. १४ करोड ५१ लाख ४३ हजार खुद ब्याज आम्दानी रहेकोमा चालू आवको सोही अवधिमा रू. ८ करोड ८९ लाख ६४ हजारमा सीमित भएको छ । नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ४८ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ३ दशमलव २८ मा सीमित भएको हो । चुक्तापूँजी रू. ६० करोड रहेको कम्पनीले जगेडामा रू. १८ करोड ९२ लाख ११ हजार र रिटेन्ड अर्निङमा रू.८ करोड ४१ लाख सञ्चित गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्