ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति 

२०७८ बैशाख, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले मंगलवार नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले अवदेखि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालन गर्ने छ ।

सोही अवसरमा कम्पनीले ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीटकार्ड सेवा असार मसान्त सम्म नि : शुल्क प्रदान गर्ने  बताएको छ ।

कम्पनीले पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स,क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ ।

निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै  कम्पनीले निकटभविष्यमा इन्टरनेट बैंकिङ्गलगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्